मामाभाञ्जाले बन्दुक खेलाउँदा भाञ्जाको मृत्यु


२८ कात्तिक, वीरगञ्ज । मामाघरमा मृत्यु भएका १३ वर्षीय आर्यन तामाङको निधारमा गोली लागेर मृत्यु भएको पुष्टि भएको छ । पर्सागढी नगरपालिका–३, बढनिहार बजारस्थित मामाघरमा भरुवा बन्दुक पड्किदा उनको निधारमा गोली लागेर मृत्यु भएको हो । शुरुमा तामाङका मामाघरका सदस्यले प्रेसर कुकर पड्केर उनको मृत्यु भएको बताए पनि घटनास्थलमा प्रेसर कुकर पड्केको कुनै प्रमाण नभेटिएपछि […]

Share|Comment →

मंसिरदेखि ड्राइभिङ लाइसेन्सको आवेदन खुल्दै


२८ कात्तिक, काडमाडौं । झण्डै एक महिनादेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन मंसिर ७ गतेबाट खुल्न भएको छ । यातायात व्यवस्था विभागले बुधबार एक सूचना जारी गरी ७ मंसिरदेखि विहान १० बजेबाट सवारी चालक अनुमतिपत्र लाइसेन्सको आवदेन खुल्ने जानकारी दिएको हो । हाल हजारौं सेवाग्राही लाइसेन्सको आवेदन दिन प्रतीक्षारत छन् । उल्लेखित […]

Share|Comment →

यमनमा अमेरिकी ड्रोन आक्रमण, सर्वसाधारण नै बढी मारिए


यमन । संयुक्तराज्य अमेरिकाले यमनमा सक्रिय अल–कायदा समूहलाई दबाउने उद्देश्य राखेर ड्रोन (मानवरहीत विमान) युद्ध छेडेको १६ वर्ष पुगिसकेको छ । तर यो अभियानको मूल्य रहस्यमय देखिएको छ, अर्थात् ड्रोनबाट प्रहार गरिएका क्षेप्यास्त्रबाट मारिने अधिकांश सर्वसाधारण छन् ।  ड्रोन आक्रमणबाट मारिएका व्यक्तिहरुको पहिचान, संख्या र आबद्धताका बारेमा पर्याप्त प्रमाणको अभाव छ । तर यसै...

Share|Comment →

आकाशे पुलको सम्भाव्यता अध्ययन शुरु


काठमाडौं । ललितपुर महानगरपालिकाले आकाशे पुल (फ्लाई ओभर) निर्माणको सम्भाव्यता अध्ययन शुरु गरेको छ । पुल्चोकदेखि कुपण्डोलसम्म आकाशे पुल निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु गरिएको महानगरपालिकाले जनाएको छ ।  पुल निर्माणमा लाग्ने लागत, उपयुक्त स्थानलगायत विषय अध्ययन प्रतिवेदनमा आउने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए । अध्ययनका लागि महानगरपालिकाले...

Share|Comment →

क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु


अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।  उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि अथक प्रयास जारी राखेता पनि प्रतिकूल मौसमका कारण डढेलो नियन्त्रणमा आउन सकेको छैन ।  खोजीका क्रममा थप आठ जनाको...

Share|Comment →

सिंहदरबारको पश्चिमी भाग प्रबलीकरण गर्न सकिने


–पूर्णप्रसाद मिश्र  काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक भवन सिंहदरबारको उत्तर, पूर्व र दक्षिण भागको प्रबलीकरण एक वर्षमा सम्पन्न हुने भएको छ । विसं २०३० असार ३० गते आगलागी हुँदा सिंहदरबारको उत्तर, पूर्व र दक्षिण भागमा क्षति पुगेको थियो । तत्कालीन राजा वीरेन्द्रले बम विष्फोट गर्न लगाई पश्चिम भाग बचाइएको थियो । तीन वर्ष अघिको भूकम्पले दरबारका चारै भागमा क्षति पुग्यो ।...

Share|Comment →

दोहोरो कर: अमिल्दो व्यवस्था परिवर्जन गर्न सुझाव


देश संघीयतामा गएसँगै करबारे विवाद बढेपछि गठन भएको उच्चस्तरीय समितिको सुझाव अनुसार दोहोरो कर अन्त्यका लागि प्रक्रिया थालिन लागेको सरकारी अधिकारीहरूले बताएका छन्।

Share|Comment →

‘नेतृत्व-सिद्धान्तमा सहमति, लिखित गर्न बाँकी’


तीनवटा राप्रपाबीच एकीकरणपछि बन्ने दलको नाम, नेतृत्व, झन्डा र सिद्धान्तमा सहमति भइसकेको एकीकृत राप्रपा (राष्ट्रवादी) का नेता प्रकाशचन्द्र लोहनीले बताएका छन्।

Share|Comment →

पूर्वाधारका कार्यालय स्थापनामा जोड


– मोहन पौडेल  परासी । सङ्घीयता कार्यान्वयन हुनुअघिसम्म पश्चिम नवलपरासीको सदरमुकाम परासीबजारमा निकै चहलपहल हुने गथ्र्यो, यहाँको व्यापार व्यवसाय राम्रै फस्टाएको थियो । जिल्लाका विभिन्न ठाउँबाट सदरमुकाम आउने मानिसको आवातजावतले रौनक बढाएको थियो ।  सङ्घीय संरचनाको कार्यान्वयन भएर स्थानीय तह अधिकारसम्पन्न हुँदा जिल्ला सदरमुकामको अस्तित्व नै सङ्कटमा परेको भन्दै...

Share|Comment →

सफ्टवेरिका कलेजले पायो कोभेन्ट्री विश्वविद्यालयको सम्बन्धन


२८ कात्तिक, काठमाडौं । सफ्टवेरिका कलेज अफ आइटी एन्ड ई-कमर्सले गार्जियन लिग टेबलमा १३ औं नम्बरमा रहेको कोभेन्ट्री विश्वविद्यालयसँग सम्बन्धन लिएको छ । अब कलेजले अन्तर्राष्ट्रियस्तरको डिग्रीका विभिन्न कार्यक्रम सन्चालन गर्न लागेको छ । कोभेन्ट्री विश्वविद्यालय संग को यो सम्बन्धनपछि अब सफ्टवेरिकामा बिएससी कम्प्युटिङ र बिएससी इथिकल ह्याकिङका तथा साइबर सेक्युरिटीको अध्यापन गराइनेछ । सफ्टवेरिका […]

Share|Comment →

वार्षिकोत्सवमा कामना सेवा विकास बैंकद्वारा नगद तथा जिन्सी वितरण


२८ कात्तिक, काठमाडाैं । कामना सेवा विकास बैंकले १२ औं वार्षिकोत्सवको अवसरमा विभिन्न स्थानमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंमा भएको कार्यक्रममा केन्द्रीय कार्यालयका संचालक विश्वेश्वर सुबेदी सहित अध्यक्षबाट जीवनका लागि भोजन नेपाल, बुढानिलकण्ठकी अपरेसन म्यानेजर अपरा थापालाई दुई लाख पचास हजारको चेक हस्तान्तरण गरिएको छ । त्यस्तैगरी अर्को संस्था भद्रकाली आधारभुत विद्यालय, बुढानिलकण्ठमा […]

Share|Comment →

आयो मोबाइल सेवाको गुणस्तरबारे अध्ययन रिपोर्ट, कुन पाटोमा को अब्बल ?


२८ कात्तिक, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले प्रमुख मोबाइल सेवा प्रदायक कम्पनीको सेवाको गुणस्तर परीक्षण गरेको छ । प्राधिकरणले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार सेवाको गुणस्तर सम्बन्धमा विभिन्न मापदण्ड र सूचकमा नेपाल टेकिलम र एनसेलकै बढी प्रतिस्पर्धा देखिएको छ । स्मार्ट टेलिकमको सेवा कुनैपनि सूचकमा अग्रस्थानमा नदेखिएको दूरसचार प्राधिकरणको अध्ययन रिपोर्टले देखाएको छ । प्राधिकरणले काठमाडौंको […]

Share|Comment →

ग्लोबल आईएमई बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच सम्झौता


२८ कात्तिक, काठमाडौं । ग्लोबल आइएमई बैंक र एशियन लाइफ इन्स्योरेन्स कम्पनीबीच मिति बैंकासोरेन्स सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले  हस्ताक्षर गरे । सम्झौतापछि ग्लोबल आईएमई बैंकका १३२ वटै शाखाहरु मार्फत एशियन लाइफ इन्स्योरेन्सको […]

Share|Comment →

सर्वोच्च अदालतमा संवैधानिक इजलास शुरु


२८ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतमा संवैधानिक इजलास बुधबारदेखि शुरु भएको छ । गत साउन १६ गतेदेखि संवैधानिक इजलास बस्न सकेको थिएन । प्रधानन्यायाधीशको अध्यक्षतामा वरिष्ठताका आधारमा सर्वोच्च अदालतका अन्य चार न्यायाधीश तोकी संवैधानिक इजलास गठन गर्नुपर्ने व्यवस्था छ । आजदेखि शुरु भएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, न्यायाधीश दीपकराज जोशी, चोलेन्द्रशम्शेर जवरा, दीपककुमार कार्की […]

Share|Comment →

बुटवलमा ‘लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेला’को तयारी


२८ कात्तिक, बुटवल । बुटवलमा आगामी पुष ५ देखि १८ गतेसम्म सञ्चालन हुने ‘लुम्बिनी एक्स्पो-२०७५, अन्तर्राष्ट्रिय व्यापार मेला’को तयारी शुरु भएको छ ।  रुपन्देही व्यापार संघ र नेपाल चेम्बर अफ कमर्स काठमाडौंको मुख्य आयोजना तथा तिलोत्तमा व्यापार संघ, देवदह व्यापार संघ र सैनामैना व्यापार संघको सह-आयोजनामा सञ्चालन हुने मेलाको तयारी शुरु भएको हो । मुख्य […]

Share|Comment →

छठको अवसरमा प्रदेश १ सरकारको साँस्कृतिक महोत्सव


२८ कात्तिक, विराटनगर । प्रदेश १ सरकारले वुधबार छठ पर्वको अवसरमा विराटनगरमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक महोत्सव आयोजना गरेको छ । स्थानीय आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा गरिएको राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुति, प्रतियोगितात्मक झाँकी प्रतियोगिता र नृत्यहरु गरिएको थियो । महोत्सवमा किराँत, झाँगड, सन्थाल, बाँतर, थारु, मुस्लिम, राजवंशी जातिका नृत्यसँगै झाँकी प्रस्तुत गरिएको थियो […]

Share|Comment →

इङ्ल्यान्डको मध्यम शुरुआत


एजेन्सी । श्रीलंकाविरुद्धको दोस्रो टेष्टमा इङग्ल्यन्डले मध्यम सूुरुआत गरेको छ । भ्रमणकारी इङ्ल्यान्डले पहिलो दिन २ सय ८५ रन बनाउँदा सबै विकेट गुमायो ।  पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ थालेको इङ्ल्यान्डका लागि जोश बुटलर र साम कुरानले अर्धशतक बनाए । अलराउन्डर कुुरानले ६४ रन बनाउँदा बुटलरले ६३ रन जोडे ।  ओपनर रोरी बर्नसले ४३ रन बनाए भने एडिल...

Share|Comment →

चन्द्रागिरी नगरपालिकाले खाली बोतलसहित कवाडीमा अवैध कर उठाएको आरोप


२८ कात्तिक, काठमाडौं । चन्द्रागिरी नगरपालिकाले खाली सीसी बोतलसहित कवाडीमा अवैध कर उठाएको भन्दै व्यवसायीले बिरोध गरेका छन् । नगरपालिका हुँदै आउने खाली सीसीमना प्रतिगोटा एक रुपैयाँ र अन्य कवाडीमा फरक-फरक रेट राखेर चन्द्रागिरीले अवैध रुपमा कर उठाएको आरोप उनीहरुको छ । नगरपालिकाले गुर्जुधारामा कवाडी बोकेका ट्रलाई रोकेर जवरजस्ती यस्तो कर उठाइरहेपछि केही संकलनकर्ताहरु अदालतसम्म […]

Share|Comment →

मंसिरबाट सवारी लाइसेन्सको आवेदन खुल्दै


२८ कात्तिक, काडमाडौं । झण्डै एक महिनादेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन मंसिर ७ गतेबाट खुल्न भएको छ । यातायात व्यवस्था विभागले बुधबार एक सूचना जारी गरी ७ मंसिरदेखि विहान १० बजेबाट सवारी चालक अनुमतिपत्र लाइसेन्सको आवदेन खुल्ने जानकारी दिएको हो । हाल हजारौं सेवाग्राही लाइसेन्सको आवेदन दिन प्रतीक्षारत छन् । उल्लेखित […]

Share|Comment →

जलवायु परिवर्तन: गर्मीले कीराको प्रजनन क्षमता 'आधा घट्छ'


एउटा नयाँ अनुसन्धानका अनुसार प्रयोगशालामा पाँच दिन उष्णलहर दिँदा रेड फ्लोर बीटल भनिने खपटे कीराको भालेको शुक्राणु उत्पादन गर्ने क्षमता तीनतिहाइले घटेको पाइयो।

Share|Comment →

जाडोलाई सिजीका नयाँ सामान


काठमाडौं । सिजीले जाडो याममा प्रयोग हुने विभिन्न किसिमका घरायसी सामग्री बजारमा ल्याएको छ ।  सिजीका अनुसार नुहाउनका लागि इलेक्ट्रिक तथा ग्यास गिजर, तातो–चिसो पानीका लागि वाटर डिस्पेन्सर, कोठा न्यानो बनाउन रुम हिटर, खाना तताउन इलेक्ट्रिक ओभन, खानेपानी तताउन हटपट र केटल, तातोपानी लामो समय तातो बनाउन भ्याकुम फ्ल्याक्सलगायत सामान उपलब्ध छन्...

Share|Comment →

पहिलोपटक लुम्बिनीमा त्रिपिटक वाचन सुरु


२८ कात्तिक,रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा बुधबारदेखि त्रिपिटक वाचन सुरु भएको छ । पहिलो दिन महासमय सुत्त र वेसन्तर जातक वाचन भएको छ । पर्यटन प्रवर्द्धनका लागि पहिलो पटक त्रिपिटक वाचन गरिएको हो । बुद्धले ज्ञान प्राप्त गरेको स्थान बोधगया र महापरिनिर्माण गरेको स्थान कुशिनगरमा विगत डेढ दशकअघिदेखि नै त्रिपिटक वाचन हुँदै आएपनि नेपालमा भने […]

Share|Comment →

१२ हजार धरौटीमा छुटे मोरङका जुवाडे


२८ कात्तिक, मोरङ । मोरङको बुढीगंगा गाउपालिका-१ गंगा चोकमा रहेको उद्योगको गोदाम घरमा सुरक्षा गार्ड राखेर तास खेलिरहेको अवस्थामा पक्राउ परेका पाच उद्योगी व्यवसायी जनही १२ हजार धरौटीमा छुटेका छन् । आइतबार बिहान करिब २ बजे पक्राउ परेका विराटनगर-५ का ५० वर्षीय जीवन रिजाल, विराटनगर-३ का ५१ वर्षीय मुकेशकुमार अग्रवाल, विराटनगर- ७ का ५१ वर्षीय […]

Share|Comment →